चिनियाँ उद्योग, हृवासिन् सिमेन्टले धादिङमा गर्‍यो खोला नै ‘कब्जा’

title
बिहिबार, चैत्र २८, २०७५

काठमाडौं । धादिङ्गको बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ ताल्ती स्थित निर्माणाधिन चिनियाँ लगानीको उद्योग, हृवासिन सिमेन्ट नारायणी प्रा.ली.ले खोलाको सयौं रोपनि जग्गा कब्जा गरि उद्योगको काम गरिरहेको खुलासा भएको छ ।
निर्माणाधिन क्षेत्रमा अहिले खोला नै देखिने अवस्थामा छैन । किनकी हृवासिन सिमेन्टले खोलाको धार नै परिवर्तन गरेर सानो क्षेत्रमा खुम्च्याएको छ । बिच खोलामा खुलेआम रुपमा डोजर, स्काभेटर र ट्रिपर चलिरहेका छन् । यतिमात्र होइन, चिनियाँ कामदारहरु धमाधम टहरा निर्माण गर्दै छन् ।

खोलाको जग्गा झोलामा  
मापदण्ड अनुसार, खोला, विद्यालय र बस्ती छेउ ठूला उद्योग बनाउँन पाइदैन । तर, हृवासिन सिमेन्टले भने बस्ती र विद्यालय छेउ नै भटाभट उद्योग बनाईरहेको छ । ठूलठूला निर्माण सामग्रीको उपकरण प्रयोग गरेर खोलामा ढुंगा फुटाइरहेको दृश्य देखिन्छ ।

जसबाट निस्किएको ध्वनि प्रदुषणले खोला वारी पारीका दुई बस्तिलाई प्रत्यक्ष रुपमा असर गरीरहेको छ । स्थानियबासी शिव परियार भन्छन् – निर्माणाधिन उद्योगको हल्लाले गाउँमा बसिसक्नु हुँदैन । निर्माणधिन क्षेत्रका वडा अध्यक्ष, टंकबहादुर थापाले भने स्थानियले रोजगारी पाउने भन्दै उद्योगको बचाउ गरेका छन् ।

बेनिघाट रोराङ गाउँपालिका प्रमुख पित्तबहादुर डल्लाकोटी प्रति जग्गा उद्योगले प्रयोग गरेको स्वीकार्छन् । उनि भन्छन् खाली जग्गा सदुपयोग होस् भनेर गाउँपालिकाले नै उद्योगलाई दिएको हो ।

स्रोतका अनुसार, खोला भित्र उद्योग बनाउन यो क्षेत्रका संघीय सांसद् भूमि त्रिपाठी, प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्मकट्टेल, बेनिघाट रोराङ्ग गाउपालिका वडा नं. २ का वडाअध्यक्ष र गाउँपालिका अध्यक्ष सहित उनीहरुका भाइभतिजाहरु मिलेर दिइएको बुझिएको छ ।

यसको विस्तृत विवरण सहितको भिडियो रिपोर्ट हेर्न यहाँ क्लीक गर्नुहोला ।