चिनियाँ राजदुत यान्छीको सभामुख महरासँग शिष्टाचार भेटवार्ता

title
सोमवार, पुस ३०, २०७५

काठमाडौ । नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत होऊ यान्छीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरासँग भेटवार्ता गर्नु भएको छ ।

नवनियुक्त चिनियाँ राजदुत यान्छीले सोमवार सिंहदरबारमा पुगेर सभामुख महरासँग शिष्टाचार भेट गर्नु भएको हो । भेटमा नेपालको संघीय संसद र चिनियाँ संसदबीचको सम्बन्धका विविध विषयमा छलफल गरिएको थियो ।

त्यसैगरी नवनियुक्त चिनियाँ राजदुत यान्छीले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि सामवारै शिष्टाचार भेट गर्नु भएको छ । सभामुख महरासँगको भेट लगत्तै उहाँले राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग पनि शिष्टाचार भेटवार्ता गर्नु भएको हो । भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल गरिएको थियो ।

नवनियुक्त चिनियाँ राजदूत यान्छी गत शनिबार राजदुतको कार्यभार सम्हाल्न नेपाल आउनु भएको थियो । काठमाडौं आएलगत्तै उहाँले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्म ओलीसँग शिष्टाचार भेट गर्नु भएको थियो । नवनियुक्त राजुदत यान्छी नेपालको राजनीतिलाई नजिकबाट नियाल्नु भएकी कूटनीतिज्ञ मानिन्छ । जलविद्युत क्षेत्रको समेत विशेषज्ञता हाँसिल गर्नु भएकी उहाँले यस अघिनै नेपालको राजनीतिक नेतृत्वसँग सुमधुर सम्बन्ध कायम राख्नु भएको बताइएको छ ।

उर्दु भाषाको विज्ञ समेत रहनु भएकी यान्छीलाई बेइजिङकी पाकिस्तान विशेषज्ञका रुपमा पनि लिइन्छ ।