चीनको चोङ्चिङ शहरको एक कोइला खानीमा दुर्घटना, ७ जनाको मृत्यु, तीन जना घाइते

title
आइतवार, पुस १, २०७५

चीनको एक कोइला खानीमा दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ ।

दक्षिणपश्चिम चीनको चोङ्चिङ शहरमा रहेको फेङचुन कोइला खानीमा दुर्घटना भएको हो । दुर्घटनामा अरु ३ जना घाइते भएको अधिकारीले जनाएका छन् । कोइला खानीको भूमिगत क्षेत्रमा कोइला लाद्ने सवारी दुर्घटनाग्रस्त भएको बताइएको छ ।

दुर्घटनापछि कोइला खानी सञ्चालकले त्यस क्षेत्रका खानी बन्द गराएको चीनको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । चीनमा बेलाबेला औद्योगिक दुर्घटना हुने गरेका छन् ।