चीनको सहयोगमा ऐतीहासीक दरबार हाई स्कुलको पुननिर्माण सुरु

title
शुक्रबार, साउन १८, २०७५

काठमाडाैं । चीन सरकारको सहयोगमा पुनःनिर्माण हुन लागेको मुलुककै पुरानो र ऐतिहासिक विद्यालय दरबार हाइस्कूलको शिल्यानाश गरिएको छ ।

काठमाडौंमा शुक्रवार शिक्षामन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि चिनिया राजदूत यु होङले संयुक्त रुपमा विद्यालयको शिलान्याश गर्नुभएको हो । चीन सरकारको सहयोगमा चीनकै प्राविधिकले २०७२ सालको विनासकारी भूकम्पले क्षति पुर्याएको विद्यालय भवन भत्काएर नयाँ बनाउन लागिएको हो ।

निर्माण कार्य सुरु भएको २० महिनामा भवन निर्माण सम्पन्न गर्ने गरि चीन सरकारले निर्माणको जिम्मा लिएको हो । शिलान्याशमा मन्त्री पोखरेलले बिनासकारी भूकम्पपछि चीन सरकारले गरेको पुननिर्माणको प्रशंसा गर्दे निरन्तर सहयोगको अपेक्षा गर्नुभयो ।

४२ सय स्वायर फिटमा निर्माण हुन लागेको विद्यालयमा ४० भन्दा बढी कक्षाकोठा रहने जनाइएको छ । जङ्गबहादुर राणाले बेलायत भ्रमणपछि राणा खानदान र भाइभारदारहरुलाई पढाउनका लागि विसं १९१० मा विद्यालय स्थापना गरेका थिए । २०२४ सालमा यसलाई दरबार हाइस्कूलबाट भानु मावि नामाकरण गरिएको थियो ।

चिनियाँ सरकारले भूकम्प प्रभावित ४ जिल्लाका ७ विद्यालय बनाइदिने पुननिर्माण प्राधिकरणसँग सहमति गरेको थियो ।