चीनविरूद्ध नेपालकाे शानदार जित, २७ रनकाे लक्ष्य दाेस्राे अाेभरमै पूरा

title
बुधबार, अशोज २४, २०७५

काठमाडाैं । आईसीसी टि-२० विश्वकप छनोट अन्तर्गत नेपालले लगातार पाँचाैं जित हात पारेकाे छ । अाज बिहान भएकाे चीन विरूद्धकाे खेलमा नेपाल १० विकेटले विजयी भएको हाे ।  चीनले जितको लागि प्रस्तुत गरेको २७ रनको लक्ष्य नेपालले दोस्रो ओभरमा पूरा गरेको हो ।

नेपालको लागि ओपनर विनोद भण्डारीले आक्रामक ब्याटिङ गरेपछि नेपालले पहिलो ओभरमा नै २१ रन जोडेको थियो । दोस्रो ओभरमा बाँकी ६ रन जोड्दै नेपाल बलमा जित हासिल गर्न सफल रहयो । नेपालका लागि विनोद भण्डारीले ८ बलमा ३ चौका र १ छक्कासहित २४ रन जोडे । प्रदिप ऐरी ४ रनमा नटआउट रहे ।

पहिलो ब्याटिङको निम्तो पाएको चीनले १३ ओभरमा अलआउट हुनुअघि २६ रन जोडेको थियो । चीनका लागि ओपनर होङ यानले सर्वाधिक ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चीनका ८ ब्याट्सम्यानले खाता खोल्न सकेनन् । नेपालले ९ रन एक्स्ट्रा दिएको थियो । नेपालका लागि ललित नारायण राजवंशी, सन्दीप लामिछाने र वसन्त रेग्मीले ३-३ विकेट लिए । एउटा विकेट रनआउट भएको थियो ।

नेपालले लगातार पाँचौ जित दर्ता गर्दै अंकतालिकाको शीर्ष स्थानमा बलियो पकड बनाएको छ । चीन भने लगातार पाँचौ हारसँगै पुछारमा छ । नेपालले अब अन्तिम खेलमा सिंगापुरको सामना गर्नेछ ।