चोरीका मोटरसाइकल सम्वन्धित सवारी धनीलाई जिम्मा

title
मङ्लबार, अशोज २३, २०७५

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाबाट चोरी भई विभिन्न स्थानमा पक्राउ परेका १६ थान मोटरसाइकल आज सम्वन्धित सवारी धनीलाई बुझाएको छ ।

उपत्यकामा पछिल्लो समय मोटरसाइकल चोरीका घटना बढेको भन्दै विशेष टोली बनाएर अनुगमन सुरु गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुगमनका क्रममा पक्राउ परेका १६ थान मोटरसाइकल आज सम्वन्धीत् सवारी धनीलाई हस्तान्तरण गरेको छ ।

मोटरसाइकल चोरीका घटना बढ्न नदिन सवारी धनी आफै पनि सचेत हुनुपर्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

महाशाखामा गत आर्थिक वर्षमा १ हजार ३ सय ८२ थान मोटरसाइकल हराएको उजुरी दर्ता भएका छन् ।

जसमध्ये भेटिएका २ सय ८५ थान मोटरसाइकल सम्वन्धीत सवारी धनीलाई जिम्मा लगाइएको र चोरीमा संलग्न २३ जनालाई कारवाहीका लागि पठाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।