‘चौका दाउ’मा सोनीकाले दिइन् वर्षालाई चुनौती

title
शुक्रबार, कार्तिक १६, २०७५

काठमाडौं । चलचित्र ‘चौका दाउ’को दोस्रो गीत ‘मेरो माया कतारमा…’ सार्वजनिक भएको छ । गीतमा चलचित्रका मुख्य कलाकार सन्तोष पन्त, विल्सन विक्रम राई, तैयव शाह, रविन्द्र झा, निर्मल शर्मा, वर्षा रावत, अजस्र ढुंगाना, सोनिका केसी लगायतका कलाकारलाई समेटिएको छ ।

‘मेरो माया कतारमा’ बोलको गीतमा सोनिकालाई बोल्ड अबतारमा देखाइएको छ । साथमा अभिनेत्री बर्षा राउतले पनि ठुम्का लगाएकी छिन् । सार्वजनिक गीतमा शम्भुजीत बास्कोटाको संगीत, श्रीपुरुष ढकालको शब्ल तथा संगीतकार बास्कोटा र सुमन गुरुङको स्वर छ । गीतमा बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । चलचित्रको गीत रिलिज सगै चलचित्रको अफिसियल रिलिज मिति समेत तय गरिएको छ । चलचित्र पौष २७ गते बाट प्रदर्शनमा आउने भएको छ ।

पूर्णेन्दु झा निर्देशित यस फिल्ममा विल्सन विक्रम, रबिन्द्र, सन्तोष, तैयब शाह, अजस्र ढुंगाना, वर्षा राउत, रोशनी सापकोटा, सुनिता श्रेष्ठ ठाकुर, निर्मल शर्मा, सागर सिग्देललगायतको अभिनय रहेको छ । शम्भुजित बास्कोटाको कथा र संगीत रहेको फिल्मलाई मनोज राजभण्डारी र सौर्यजीत बाँस्कोटाले निर्माण गरेका हुन् । चलचित्रमा शम्भुजीत बास्कोटाको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, दीर्घ गुरुङको छायांकन, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

४ पाका उमेरका मानिस र उनीहरुको प्रेम आकर्षणको कथालाई चलचित्र ‘चौका दाउ’ले दखाउन खोजेको निर्माण पक्षले जनाएको छ । ‘पियारी’ बोलको पहिलो गीतले सकारात्मक प्रतिक्रिया बटुल्दै गर्दा बिहीवार निर्माण टिमले तिहारको उपहार स्वरुप ‘मेरो माया कतारमा’ गीत युट्युबमार्फत सार्वजनिक गरेको हो ।