चौतर्फी विरोध र अवज्ञा पछि जोर–बिजोर प्रणाली फिर्ता

title
शुक्रबार, मंसिर १४, २०७५

काठमाडौं । आजदेखि शुरु हुने एसिया प्यासिफिक समिटका लागि सरकारले सवारी साधन व्यवस्थापन गर्न लागू गरेको जोर –बिजोर प्रणाली फिर्ता भएको छ ।

चौतर्फी विरोध र अवज्ञा पछि जोर विजोर प्रर्णालीबाट सरकार पछि हटेको हो । एसिया प्यासिफिक समिटका लागि विदेशी पाहुनाहरुको स्वागत तथा उनीहरुको सहजताका लागि सरकारले गत विहीबारदेखि आइतबारसम्मका लागि जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको थियो ।

हिजो विहीबार विजोर नम्बरका सवारी साधनमात्र चलाइँदा सर्वसाधारणले सास्ती भाेगेका थए भने  जाेर विजाेर प्रणालीकाे विराेधमा प्रदर्शन समेत भएको थियो ।

सवै सवारी साधन नचल्दा सर्वसाधारणलाई सास्ती भएको भन्दै विरोध भएपछि विहान ११ः ३० बजे बाट जोर बिजोर प्रणाली हटाउने गृह मन्त्रालयले निर्णय गरेको हो ।