च्यांग्रामा चलखेल !

title
मङ्लबार, अशोज २३, २०७५

काठमाडौं । नेपाली राजनीतिमा बेलामा बखत कुनै न कुनै विषयले चर्चा पाइरहेको हुन्छ । धेरै टाढा नजाऊ केही महिना अघि मार्सी चामालको चर्चाले ‘मार्सी चामल’ ब्राण्ड बन्यो ।

त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलेको अंरिगांलको विषयले थप चर्चा बटुल्यो । अहिले त्यही अरिंगला किलोको १५ सय तथा एक प्लेटको पाँच सयमा विक्री हुन थालेको छ । विभिन्न टिका टिप्पणी गरिए पनि यी दुई प्रसंग ब्राण्ड विस्तारमा सहायकसिद्ध बने । यसले नकारात्मक भन्दा पनि सकारात्मक प्रभाव पा¥यो ।

त्यस्तै, पछिल्लो पटक निकै नै चर्चामा रहका यस्तै दुई विषय छन्– चीनी र च्याङ्ग्रामा चलखेल । चाडपर्वको मुखमा चीनमा चलखेल हुँदा उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । अझै चिनीको चर्चा सेलाएको छैन, च्याङ्ग्रामा चलखेलको प्रसंग शुरु भएको छ ।

म्याग्दी र कास्कीका स्थानीय तहहरूले दसैंमा बेच्न ल्याइएका भेडा–च्यांग्रामा चर्को कर लगाएको भन्दै गुनासो बढ्न थालेको छ । मुस्ताङबाट पोखरासम्म च्यांग्रा ल्याउने क्रममा जिल्ला र स्थानीय तहपिच्छे विभिन्न ठाउँमा कर उठाउन थालिएको व्यापारीहरु बताउँछन् ।

भेडा च्यांग्रालाई खुवाउने घाँसामा महँगी, विभन्न ठाउँमा उठाउने कर, ट्रकको भाडा र अन्ततः ठेक्का परेको भनेर दिनको गोटाको १५ रुपैयाँ कर लाग्ने भनेपछि भेडा च्यांग्राको मूल्य कति पुग्ला आफै अनुमान लगाउनुहोस् । अव्यस्थित कर प्रणालीले मर्कामा परेका व्यापारी अहिले भन्न थालेका छन् ‘दिनदिनै लाग्ने कस्तो कर हो यो ?’