च्याम्पियन्स लिगः बार्सिलोना जितको खोजीमा

title
बुधबार, फाल्गुन २९, २०७५

एजेन्सी, च्याम्पियन्स लिग अन्तर्गत आज राती प्रिक्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । स्पेनिस लिग लिडर बार्सिलोना फ्रेन्च क्लब ओलम्पिक लियोनसँग खेल्दैछ भने इंग्लिस क्लब लिभरपुल जर्मनको लिडर बायर्न म्युनिसँग खेल्दैछ । खेल नेपाली समय अनुसार पौने दुई बजेबाट सुरु हुनेछ । यी दुई टोलीबीचेको दुबै खेलका पहिलो लेग गोलरहित बराबरीमा सकिएको थियो । बार्सिलोना आफ्नै मैदान नोउ क्याम्पमा दोस्रो लेग खेल्दैछ । घरेलु मैदान र समर्थकको साथका कारण पनि बार्सिलोनालाई दाबेदारको रुपमा हेरिएको छ । लियोनसँग पहिलो लेगमा गोलरहित नतिजा हात पारेपछि बार्सिलोनाले खेलको सबै चार खेलमा जित हात पारेको छ । जसमा रियल मड्रिडविरुद्धको दुई जित पनि छ ।