च्याम्पियन्स लिग : क्वाटरफाईनलमा कस्को प्रतिद्वन्दी को ?

title
शुक्रबार, चैत्र १, २०७५

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा स्पेनिस क्लब बार्सिलोना र इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडबीच प्रतिस्पर्धा हुने भएको छ । युईएफएले शुक्रबार निकालेको क्वाटरफाइनल ड्र मा लियोनल मेस्सीको बार्सिलोनाले पाउल पोग्बाको युनाईटेडसंग प्रतिस्पर्धा गर्ने भएको हो । त्यस्तै ड्र अनुसार क्रिस्टियानो रोनाल्डोको टोली युभेन्ट्सले नेदरल्याण्डको आयाक्स प्रतिद्वन्दी पाएको छ । इन्ग्लिश क्लब लिभरपुलले पोर्चुगिज क्लब प्रतिद्वन्दी पाएको छ । त्यस्तै क्वाटरफाइनलमा दुई इन्ग्लिश क्लब म्यानचेस्टर सिटी र टोटेनहमले प्रतिस्पर्धा गर्ने छन् । क्वाटरफाइनलको पहिलो लेग अप्रिल ९ र १० मा हुनेछ । त्यस्तै दोस्रो लेग १६ र १७ अप्रिलमा हुनेछ ।