च्याम्पियन्स लिग : टोटेनहमको शानदार जित

title
बिहिबार, फाल्गुन २, २०७५

काठमाडौँ, फाल्गुन २

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको प्रि क्वार्टरफाईनलको पहिलो लेगको खेलमा टोटेनहम हट्र्सपरले शानदार जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा टोटेनहमले जर्मन क्लब बोरुसिया हर्टमण्डलाई तीन शुन्य गोल अन्तरले पराजीत ग¥यो । सन ह्युङ मिनले ४७औ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ८३औ मिनेटमा जान भिटोघेनले टोलीको अग्रता दोब्बर बनाए । खेल सकिन चार मिनेट अगाडी क्रिस्टियन ईरिक्सनको कर्नर पासलाई सदुपयोग गर्दै फर्नाल्डो लोरेन्टीले तेस्रो गोल गरे । दोस्रो लेगको खेल बोरुसियाको घरेलु मैदान हुनेछ ।