च्याम्पियन्स लिग : बार्सिलोना र युनाईटेड भिड्दै, कस्ले बनाउँला सेमिफाईनलमा स्थान ?

title
मङ्लबार, बैशाख ३, २०७६

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा आज (मंगलबार) स्पेनिस क्लब बार्सिलोना र इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडले प्रतिस्पधा गर्दैछन् ।

बार्सिलोनाको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति पौने १ बजेबाट सुरु हुनेछ । यी दुबै टोली सेमिफाईनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

दुवै टोलीमा स्टार खेलाडीको बाहुल्यता रहेको छ । बार्सिलोनासंग लियोनल मेस्सी, लुइस स्वारेज, फिलिप कौटिन्हो लगायतका विश्व चर्चित खेलाडीको साथ छ । युनाईटेडसंग पाउल पोग्बा, हुवान माटा, मार्कुस राष्फोर्ड, एन्थोनी मार्सियल, रोमेलु लुकाकु, जेसे लिंगार्ड लगायतका खेलाडीको छ ।