च्याम्पियन्स लिग : म्यानचेस्टर युनाईटेड र बार्सिलोनाको भिडन्त आज, मेस्सिलाई रोक्न कठिन

title
बुधबार, चैत्र २७, २०७५

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बुधबार राति इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेड र स्पेनिस क्लब बार्सिलोनाबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने १ बजेबाट सुरु । च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्य लिएको दुवै टोलीका लागि यस खेल परिक्षाको रुपमा हेरिएको छ । दुवै टोलीमा स्टार खेलाडीको बाहुल्यता रहेको छ । बार्सिलोनासंग लियोनल मेस्सी, लुइस स्वारेज, फिलिप कौटिन्हो लगायतका विश्व चर्चित खेलाडीको साथ रहेको छ । युनाईटेडविरुद्ध बार्सिलोनाले कप्तान मेस्सीलाई मुख्य हतियारको रुपमा प्रयोग गर्नेछ ।