‘छक्का पञ्जा ३’ टोली छायांकनमा व्यस्त

title
शुक्रबार, भदौ ८, २०७५

काठमाडौं । यो बर्षको बहुप्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’को छायांकन धमाधम जारी रहेको निर्माण पक्षले जनाएको छ । अहिले चलचित्रको दोस्रो गीतको छायांकन नवलपुरको विभिन्न ठाउँमा भैरहेको छ । यस अघि चलचित्रको सार्वजनिक ‘पहिलो नम्बरमा’ बोलको गीत विभिन्न रेकर्ड राखे सँगै चलचित्रको दोस्रो गीत पनि चाँडै बजारमा ल्याउने तयारीसहित निर्माण पक्षले दोस्रो गीतको छायांकनमा व्यस्तता बढाएको हो ।

दिपकराज गिरी र अर्जुन पोखरेलको शब्द रहेको ‘पछि उमेर ढल्किन्छ फेरि काल पल्किन्छ’ बोलको गीतमा अर्जुन पोखरेलको स्वर तथा संगीत रहेको छ । नवलपुर स्थित सास्वत धाम र डांडाको अग्यौलीमा छायांकन गरिएको चलचित्र ‘छक्का पञ्जा ३’को यस गीतमा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, वुद्दि तामाङ र नायिका दीपिका प्रसाईलाई कोरियोग्राफर कबिराज गहतराज नचाउने काम गरेका छन् । गीतलाई छायांकन भने चर्चित छायाकार पुरुषोत्तम प्रधानले गरिरहेका छन् । गीतमा महाराज थापाले संगीत संयोजन गरेका छन् ।

दीपाश्री निरौलाको निर्देशक रहेको ‘छक्का पञ्जा ३’मा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तमाङ, दीपिका प्रसाईं, नीर शाह, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, अनुरागमान सिंह कुँवर, शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, वसन्त भट्ट, संजोग कोइरालालगायतको अभिनय रहेको छ।नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिने छिन् ।

दीपकराज गिरीको कथा रहेको फिल्ममा दीपक, जितु, केदार र यामन श्रेष्ठको संवाद, अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको छ । पुरुषोत्तम प्रधानले फिल्मको छायांकन गरेका हुन् । आमा सरस्वती मुभिज प्रा.लि तथा आइ एम ईको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा जीतु नेपाल र केदार घिमिरे कार्यकारी निर्माता रहेको छन् भने सुमन गिरी ‘भान्जा’, किरण केसी, शिवहरी पौडेल, पुरुषोत्तम प्रधान, ताराचन्द्र बजगाई, दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माताको रुपमा रहेका छन् ।दसैंको फुलपातीको दिन चलचित्र रिलिज हुनेछ ।