छठ समापन, उदाउँदो सूर्यलाई अर्घ्य

title
बुधबार, कार्तिक २८, २०७५

काठमाडौं । आज छठ पर्वको अन्तिम दिन, श्रद्धालु भक्तजनले उदाउँदो सूर्यको पूजा आरधना गरेका छन् ।  तराईका साथै काठमाडौंमा रहेका व्रतालुहरुले ताल, पोखर, जलासयमा गएर उदाउँदो सूर्यलाई अघ्र्य दिएका हुन् ।

गएराति देखि नै तलाउ पोखरी तथा नदी किनारामा बसिरहेका उनीहरुले हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठी माताको पूजा गरी आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व विधिवत रुपमा समापन भएको छ । शुद्ध मनले छठी माताको व्रत बसेमा चिताएको मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

छठलाई मध्यनझर राख्दै काठमाडौंको कमल पोखरी, गुह्यश्वरी लगायत विभिन्न नदी किनारमा सफासुग्घर पारिनुका साथै सजाइएका थिए । छठमा ठकुवा, भुस्वा नरिवल, भोगटे, स्याउ, ऊखु, बेसार, अदुवा, सखरखन्डसहित विभिन्न प्रकारका सामग्री प्रसादका रूपमा प्रयोग गरिन्छ ।

छठको मुख्य दिन अस्ताउँदो सूर्यलाई अर्घ दिई राति भक्तजन जलासय किनारमै छठी माताको पूजाआराधना गरी गीत गाउँदै जाग्राम बस्ने गरिन्छ । विहान उदाउँदो सूर्यलाई अघ्र्य दिइपछि ब्रतालु लगायतले प्रसाद ग्रहण गर्ने गर्दछन् ।