छुट्टाछुट्टै स्थानमा दुर्घटनामा, ३ जनाको मुत्यु, १२ जना घाइते

title
सोमवार, बैशाख २, २०७६

रुपेश दुलाल / हेटौँडा । मकवानपुरमा गएराति भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मुत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्र्तगत मनहरी गाउपालिका ७ मा पोखराबाट विरगंजतर्फ जाँदै गरेको ग १ ख ७६२६ नम्बरको बसले पैदलयात्री अन्दाजी ६५ बर्षीय एक बृद्धलाई ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै, पुर्वपश्चिम राजमार्ग अन्तरगत मनहरी गाउँपालिकाको खरङ्गामा मनहरीबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ज ४८६७ नम्बरको सुमो र को ३४ प ५४९७ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक मोरङका ३१ बर्षीय रविन्द्र कुमार पोदारको घटनास्थलमै मृत्यु भएको छ ।

सुमोमा सवार ११ जना र मोटरसाइकलमा सवार १ जना गरी १२ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जनाको हेटौँडास्थित चुरेहिल अस्पताल र ३ जनाको चितवन भरतपुरमा उपचार भईरहेको छ ।

त्यसैगरि कान्तिलोकपथ अन्र्तगत मकवानपुरगढी गाउँपालिकाको शिखरकटेरीमा रोकिराखेको ना ८ ख ४३२६ नम्बरको टिपरसंग ना ३२ प १८४९ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक गढी गाउँपालिका धरमपानीका अन्दाजी बर्ष ३५ का गोविन्द बोम्जनको मुत्यु भएको छ ।

उहाँको उपचारका क्रममा चितवनमा मृत्यु भएको हो । तीन वटै दुर्घटनामा ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।