छुरा प्रहार गरि एकजनाको हत्या

title
सोमवार, साउन २१, २०७५

पुरन शाह/धनुषा । जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ वेङ्गासिहपुरमा छुरा प्रहार गरि एकजनाको हत्या भएको छ ।

स्थानीय अरुण यादव र अतिसुन्दर यादवको छुरा प्रहारवाट गम्भिर घाइते भएका उनकै आफन्त रामवृक्ष यादवको मृत्यु भएको छ भने उनका छोरा राम सोगारथ यादव गम्भिर घाइते भएका छन् ।

यादवको जनकपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । गम्भिर घाइते राम सोगारथको उपचार जनकपुरमा सम्भव हुन नसकेपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । दुवैजनाको वाँया कोखामा छुँरा प्रहार गरिएको छ । एता नाम नखुलेको मृतक यादवकी पत्नी समेत झगडामा परि घाइते भएकी छन् ।

उनलाई समेत जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको छ । घारायसी विवादले उग्र रुप लिएपछि एकजनाको ज्यान गएको हो ।

आरोपित यादवद्वयलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।