जग्गामा अनियमितता प्रकरणको विरोधमा विवेकशील साझाको प्रदर्शन

title
सोमवार, बैशाख २, २०७६

काठमाडौ । विवेकशील साझा पार्टीले बिभिन्न स्थानका जग्गामा भएको अनियमितता प्रकरणको विरोधमा प्रदर्शन गरेको छ ।

आज बालुटारस्थित प्रधानमन्त्री निवास अगाडि विवेकशील सझा पार्टीका नेता तथा कार्यकर्ताले हायात होटलका साथै बालुवाटारको जग्गामा अनियमतता भएको भन्दै प्रदर्शन गरेका हुन ।

उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । सरकारलाई खबरदारी गर्ने उद्देश्यले प्रदर्शन गरिएको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिनुभयो ।

प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ताले ‘भ्रष्टाचार कहिले सम्म, जनता सचेत नभएसम्म’, बालुवाटार बेच्नेले सिंहदरवार पनि बेच्लान, होशियार’, ‘नेताहरुको सम्पत्ति छानबिन गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।