जनकपुरमा छुरा प्रहार गरी एक जनाको हत्या

title
सोमवार, साउन २१, २०७५

पुरन साह 

धनुषा – जनकपुरधाम उपमहानगरपालिका वडा नं. १९ वेङ्गासिहपुरमा छुरा प्रहारबाट एक जनाको हत्या भएको छ । घरयासी झगडाका क्रममा स्थानीय अरुण यादव र अतिसुन्दर यादवले हानेको छुराले लागेर उनीहरुकै आफन्त पर्ने रामवृक्ष यादवको मृत्यु भएको हो ।

छुरा लागेर गम्भीर घाइते भएका यादवको जनकपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । छुरा लागेर उनकी पन्ती र छोरा राम सोगारथ यादव घाइते भएका छन् । छोराको अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि काठमाण्डौ पठाइएको छ । दुवैजनाको वाँया कोखामा छुँरा प्रहार गरिएको छ ।

छुरा प्रहार गर्ने आरोपित यादवद्वयलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ ।