जनताको भावना अनुरुप काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई कांग्रेस निर्देशन

title
सोमवार, भदौ ११, २०७५

नेपाली कांग्रेसले जनताको भावना बुझेर काम गर्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुलाई निर्देशन दिएको छ ।

आज कांग्रेस पार्टी कार्यालय सानेपामा पार्टी केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले कांग्रेसका तर्फबाट स्थनीय तहमा प्रमुख तथा उपप्रमुख भएका जनप्रतिनिधिहरुसँग छलफल गर्दै यस्तो निर्देशन दिएको हो ।

त्यस्तै कांग्रेसले पार्टीको बदनाम नहुने र जनताको चाहना सम्बोधन गर्ने गरी काम गर्न निर्देशनसमेत दिएको छ । छलफलमा शीर्ष नेताहरुले स्थानीय तहमा जथाभावी कर उठाएर संघीयता कम कमजोर हुने भएकाले संघीयता बलियो बनाउने खालका काम गर्न निर्देशन दिएका थिए ।

तीन तहको सरकार हुँदा कांग्रेस स्थानीय तहमा मात्रै भएको उल्लेख गर्दै जिम्मेवार हुन जनप्रतिनिधिलाई शीर्ष नेताहरुले आग्रह समेत गरेका छन् । अहिलेको जनप्रतिनिधीको कामले नै कांग्रेसले अर्को चुनावमा स्थान पाउने भन्दै शीर्ष नेताले अरुले भन्दा फरक र उदाहरणीय काम गर्न जनप्रतिनिधीको ध्यानाकर्षण गराएका थिए ।

१ सय ९१ जना जनप्रतिनिधी सहभागी कार्यक्रममा पार्टीका नीति, स्थानीय तहमा पार्टीले खेल्नुपर्ने भूमिका, करलगायतका विषयमा विज्ञहरुले प्रशिक्षण दिएका थिए ।