जनताको विश्वासमा ठेस लाग्न दिने छैन् : प्रधानमन्त्री ओली

title
शनिबार, अशोज ६, २०७५

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामले जनताको विश्वासमा तलमाथि हुन नदिने बताउनुभएको छ ।

वाम प्रजातान्त्रिक आन्दोलनकी नेत्री साहना प्रधानको चौथो स्मृति दिवसका अवसरमा शनिबार नेकपाको केन्द्र्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले जनताको विश्वासमा ठेस लाग्न नदिने बताउनुभएको हो । ओलीले सरकारसँग समृद्धिको स्पष्ट खाका, नीति र कार्यक्रम रहेको बताउँदै त्यसका लागि सुदृढ सङ्गठन तथा जनताको विश्वास र भरोसा रहेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनको चरण पूरा भएकाले अब साना कुरामा अल्मलिएर नभई कर्मी मौरीझै एक भएर समृद्धिको दायित्व पूरा गर्न सबै लाग्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट एकताले समृद्धि र समाजवादको यात्रालाई सहज बनाएको बताउनुभयो । दाहालले जनताको इच्छा अनुसार नै पार्टी एकता भएको भन्दै उहाले अब मुलुकको बिकास र समृद्धिका लागी सरकार प्रतिवद्ध भएर लाग्ने स्पष्ट पानुभयो ।

कार्यक्रममा नेकपाका नेता झलनाथ खनालले राणा शासन हुँदै पञ्चायतविरोधी आन्दोलनमा नेत्री प्रधानको स्थान महत्वपूर्ण रहेको बताउनुभयो ।