जनयुद्धका नाममा गल्ती गर्नेहरु कारबाहीको दायरामा आउँछन्– प्रचण्ड

title
आइतवार, असार ३१, २०७५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(ने.क.पा)का अध्यक्ष पुष्प कमल दाहालले जनयुद्धका नाममा गल्ती गर्नेहरु कारवाहीको दायरामा आएरै छाड्ने बताउनुभएको छ । शहिद विष्णु चौलागाईको १५ औं स्मृति दिवसका अवसरमा सुनापति काठमाडौ संघीय जनसम्पर्क मञ्च–रामेछापले आज काठमाडौमा गरेको कार्यक्रममा दाहालले जनयुद्धका नाममा गल्ती गर्नेहरु लुकेर बस्न नसक्ने बताउनुभयो ।

अध्यक्ष दाहालले दुई जनाको अदालत भन्दा ईतिहासको अदालत बलियो हुने भन्दै चिहान खोतेलेर अपराधीलाई कठघरामा उभाइने जिकिर गर्नुभयो । जनयुद्धमा बेला तत्कालीन माओवादी र राज्यले गरेका गल्तीहरु जति नै ढाकछोप गरे पनि खोतलखातल भएरै छाड्ने उहाको भनाई छ । उहाले जनयुद्धमा भएका ऐतिहासिक घटनालाई सधै स्मरण गरिने समेत बताउनुभयो ।

त्यस्तै अध्यक्ष दाहालले केहि शासन गर्ने बर्गलाई कम्युनिष्ट एकता मन नपरेको भन्दै साना त्रुटिलाई खोतलेर जनतामाझ भ्रम सिर्जना गर्न खोजेको आरोप पनि लगाउनुभयो । अध्यक्ष दाहालले अब जनवर्गीय संगठनको एकता गर्दै जनतामाझ गएर समृद्धिको दिशातर्फ अघि बढिने धारणा पनि राख्नुभयो ।