जब दीपिका र दिवाकर यस्तो अवस्थामा भेटिए

title
शुक्रबार, कार्तिक १६, २०७५

काठमाडौं । एक वर्ष अगाडि कोर्ट म्यारिज गरेको भनिएका प्रेमजोडी नायिका दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराई अहिले थाइल्याण्डमा रमाइरहेका छन् । उनीहरुले सामुद्रिक किनारमा मस्ती गरेका तस्विरहरु सार्वजनिक गरेका छन् ।

दशैँलगत्तै औँठी साटिएको भनिएको यो जोडी यतिबेला हनिमुन टुरका लागि थाइल्याण्ड पुगेका छन् । लामो समय ‘लिभ इन रिलेसनसिप’मा रहेको जोडीले केही दिन अघि मात्रै सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूहरुबीच प्रेम रहेको स्वीकार गर्दै एकअर्काको अंगालोमा बाँधिएको तस्बिर शेयर गरेका थिए ।

त्यसै समयमा उनीहरुले इन्गेजमेन्ट गरेको भनेता पनि अहिले त्यसको औपचारिक पुष्टि भने गरेका छैनन् । इन्गेजमेन्ट गरेको भनेर फेसबुकमा तस्बिर राखेकै साँझ यो जोडी थाइल्याण्ड उडेको थियो । दीपिकाले थाइल्याण्डमा क्लिक गरेका रोमान्टिक तस्बिरहरु फेसबुक स्टोरीमा सेयर गरेकी छिन् ।

भट्टराई र प्रसाईँ सिनेमा ऐश्वर्यको सेटबाट नजिक भएका थिए । दीपिकाको उक्त सिनेमा डेब्यु थियो । यो सिनेमा रिलिजलगत्तै उनीहरुको अफेयरको खबर सार्वजनिक हुन थालेको थियो । यद्यपी उनीहरुले आफूहरुको प्रेम मिडियामा स्वीकार गरेका थिएनन् । दीपिकाको अभिनय रहेको दोस्रो चलचित्र ‘छक्का पञ्जा–३’ ले हाल प्रदर्शनरत रहेको छ भने दिवाकर निर्देशित चलचित्र क्याप्टेन फागुनमा रिलिज हुँदैछ ।