जमीन चिरा परे पछी धादिङ ज्यामरुङ्गका स्थानीयहरु त्रसित

title
आइतवार, साउन ६, २०७५

सिर्जना लम्साल/धादिङ । धादिङको विभिन्न ठाउँमा जमिन चिरा चिरा पर्न थालेको छ ।

जमिन थलिएपछि त्यहा वस्न नसक्ने अवस्था भएपछि स्थानियहरु वस्ती स्थानान्तरणको माग गरेका छन् । बस्तिमाथिको जमीन चिरा परे पछी धादिङको नीलकण्ठ नगरपालीका ११ स्थित ज्यामरुङ्गका स्थानीयहरुले आफुहरुलाई सुरक्षित स्थानमा सारिदिन सरकारसंग माग गरेका छन् । आफुहरुले पटक पटक सडक नखन्न आग्रह गर्दा समेत नगरपालीकाले अटेर गरी सडक खनेका कारण यस्तो अवस्था आएको स्थानीयको आरोप छ ।

निरन्तरको वर्षा र पहिरोको जोखिम बढेसँगै स्थानियहरु त्रासमा रात विताई रहेका छन् । ज्यामरुङ्ग स्थित दमै चौतारा भन्ने स्थानमा जुन सुकै समयमा पनी पहिरो खस्ने खतरा बढेको छ । पहिरोका कारण दमै चौताराका लम्साल गाउँ लामिछाने गाउँ, सिम्ले ज्यामरुङ्ग र पाङ्ग्रे गाउँका करिव एक सय पचास घर धुरी पहिरोको उच्च जोखिममा छन् ।

नीलकण्ठ नगरपालीकाका त्यस वडाका जनप्रतिनिधीहरुले भने पानी परेको समयमा जुनसुकै बेला पहिरो खस्न सक्ने भन्दै स्थानीयहरुलाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको जनाएका छन् ।

यसै गरी नगरपालीकाले समेत त्यस वस्ती सार्न पहल थालेको जनाइएको छ ।