जर्मनले नेपाललाई ३ अर्व २ करोड आर्थिक सहयोग गर्ने

title
शुक्रबार, असार २०, २०७६

काठमाडौ । जर्मनले नेपाललाई ३ अर्व २ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जर्मनका राजदुत रोलान्ड सेफरबीच आज(शुक्रवार) काठमाडौंमा जर्मनले नेपाललाई आर्थिक सहायता उपलब्ध गराउने समभ्mदारी पत्रमा हस्ताक्षर भएको हो ।

नेपालको दूर्गम क्षेत्रको सौर्य इनर्जी, शिक्षा तथा स्वास्थ्य सेवामा उचित व्यवस्थापन गर्न जर्मनले सो आर्थिक सहायता उपलब्ध गराउने समझदारी गरिएको सचिव खनालले जानकारी दिए ।

कार्यक्रममा नेपालका लागि जर्मन राजदुत सेफरले नेपालको दुर्गम क्षेत्रको पूर्वाधार विकासका लागि जर्मन सरकार आवश्यक सहयोग गर्न सदा तयार रहेको बताउनु भएको थियो । जर्मनले नेपालको सामाजिक–आर्थिक विकासका लागि आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा अर्थ सचिव खनालले नेपालको पूर्वाधार विकास तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा जर्मनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गरे ।