जलविद्युतमा पप्पु प्रवृत्ति

title
सोमवार, पुस १६, २०७५

काठमाडौं । सडक, पुल, विमानस्थल र सिँचाइ आयोजनाका जिम्मा लिने तर समयमै काम सम्पन्न नगर्ने इआरएमसी, उदय कन्सलटेन्सी, स्मेक कम्पनी र एमडब्लुएच लगायतका कम्पनीहरु हाइड्रो क्षेत्रमा पप्पु कन्स्ट्रक्सनजस्तै लापरबाही देखिएका छन् ।

यी कम्पनीहरुले आफुले जिम्मा लिएको अधिकांश योजना समयमै पूरा गर्न सकेका छैनन् । २०७५ मंसिरभित्र ३० महिनामा सक्ने गरी जम्मा लिएको ५० मेगावाटको कालिगण्डकी आयोजना म्याद थपका लागि इआरएमसीले विभागमा बल्ल आवेदन दिएको छ भने ४०० मेगावाटको नलगाड जलविद्युत आयोजनाको काम उदय र स्मेक कम्पनीले १८ महिना बित्दा समेत शुरु गरेनन् ।

त्यस्तै, १० हजार ८ सय मेगावाटको कर्णाली चिसापानी बहुउद्देश्यीय जलविद्युत आयोजनाका पनि उदय र सिल्ट कन्सल्ट्यान्ट कम्पनीले समयमै काम गर्न नसकेको भन्दै म्याद थपका लागि विभागमा आवेदन दिएका छन् ।

यसरी नेपालको जलविद्युत क्षेत्रमा जिम्मा लिने तर काम समयमै सम्पन्न नगर्ने पप्पु प्रवृत्ति मौलाएको आजको नयाँ पत्रिकामा समाचार छ ।