
जनता समाजवादी पार्टी जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । बैठक आज दिउँसो सुरु भएको हो । सो पार्टीका प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार आजको बैठकमा मधेस प्रदेशसभा सदस्य विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि उनको स्थानमा कसलाई पठाउने भन्ने बारेमा छलफल भइरहेको छ । साथै बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण अभियानबारे पनि समीक्षा भइरहेको छ । जसपाले गत भदौदेखि तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियान अभियान सञ्चालन गरिरहेको छ ।