जहाजभित्रै एक यात्रुको मृत्यु

title
आइतवार, मंसिर ९, २०७५

रारा । रारा विमानस्थलबाट नेपालगन्जका लागि उडेको तारा एअरको टुईनेटर जहाजमा सवार एक यात्रुको जहाभित्रै ज्यान गएको छ ।

शनिबार दिउँसो १२ः ३० बजे रारा विमानस्थलबाट नेपालगन्जका लागि उडेको तारा एअरलाईन्सको नाइन एन एइटी कलसाईनको उडान नम्बर ७१६ जहाजमा मुगु जिल्ला सोरु गाउँपालिका ८ गिलाहाँ गाउँका अन्दाजी ३८ बर्षीय धिरजबहादुर शाहीको मृत्यु भएको आफन्तले बताएका हुन् ।

यता रारा एयरलाईन्स नेपालगन्ज स्टेसन म्यानेजर सुर्यमणि सुवेधीले यात्रुजहाँजभित्र अचेत भएको खबर आउनसाथ बिरामीलाई गाडीबाट अस्पतालतर्फ लैजादै गर्दा मृत्यु भएको बताउछन् । , आजको नागरिक दैनिकमा यो खबर छ ।