जाजरकोटमा ९ बर्षदेखि प्रसुती गृह भवन प्रयोगविहिन

title
मङ्लबार, पुस २४, २०७५

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका ४ लहँ खालचौर स्थित स्वास्थ्य चौकीको प्रसुती गृह भवन ९ बर्षदेखि प्रयोगविहिन भएको छ ।

बत्ती, पानी, घेरावार, आवश्यक औजारको अभावमा सो भवन प्रयोग विहिन भएकोे हो । समुदाय सहयोग कार्यक्रम केयर नेपाल संस्थाको ९ लाख ८० हजार आर्थिक सहयोग तथा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको समन्वयमा ९ बर्षअघि निर्माण भएन प्रयोगविहिन भएपछि ताला लगाइएको छ ।

भवन प्रयोगमा नआउदा महिलाहरुलाई सुरक्षित सुत्केरी सेवा दिन समस्या भएको स्वास्थ्य चौकीकी अनमी जयन्ती शाहीले जानकारी दिनुभयो ।