जाडो सुरु भए सँगै तराइमा भक्काको व्यापार बढ्दो

title
आइतवार, पुस १, २०७५

सुनसरी । जाडो सुरु भए सँगै तराइका आदीवासी चौधरी, राजवंशी र धिमाल जातिले भक्का बिक्रि गर्ने गर्दछन् ।

जाडो मौसम सुरुभए सँगै पुर्वी नेपालमा स्थानीय आदिवासीले परिकार भक्काको विक्री सुरु गर्दै आएका छन् ।

सुनसरीको इटहरी,खनार,दुहवी,झुम्का,इनरुवा लगायत विभिन्न चौकमा अहिले विहान भक्का खानेहरुको भिड लाग्ने गरेको छ ।

चामललाइ खस्रो पारेर पिसेपछि एउटा वटुकोमा राखेर आगोमा तताइएको पानीको बाफमा यसलाइ राख्नु पर्छ । यसरी राखेको ५ मिनट पछि तातो पानीको वाफले भक्का पाक्ने गर्छ ।

स्वाथ्यका लागी समेत फाइदा जनक भएपछि पछिल्लो समय विहान चियासगँ भक्का खानेको जमात सुनसरीमा बढ्न थालेको छ ।