जातीय पहिचानमा प्रदेशकाे नाम राख्नुपर्ने भन्दै बन्द आह्वान

title
सोमवार, असार २५, २०७५

कास्की । गण्डकी प्रदेशको नामाकरणको विरोधमा आन्दोलनरत तमुवान–मगरात संघर्ष समितिद्धारा सोमबार गण्डकी प्रदेश बन्दको आह्वान गरिएको छ ।

प्रदेशको नाम जातीय पहिचानमा राख्नुपर्ने मागसहित संघर्ष समितिले बन्दको आह्वान गरेको हो । बन्दको प्रभाव पोखरामा आंशिक रुपमा देखिएको छ । साना पसलहरु, निजी गाडीहरु चलेका छन् भने सार्वजनिक गाडी भने अहिले गुडेका छैनन् ।
प्रदेशसभाले साबिक ४ नम्बर प्रदेशलाई गण्डकी प्रदेश नामाकरण गरेपछि जातीय संघ संस्थाहरु त्यसको विरोधमा आन्दोलनमा उत्रिएका हुन् ।

असार २२ गते प्रदेश सभाले बहुमत सांसद द्धारा गण्डकी नामाकरण गरेको थियो । आन्दोलनरत संघर्ष समितले माग सुनुवाई नभए अनिश्चितकालीन बन्द गर्ने चेतावनी दिएका छन् ।