जापानमा रोजगारी, उच्च प्राथमिकतामा नेपाल

title
बुधबार, पुस ११, २०७५

काठमाडौं । विभिन्न देशका आप्रवासी कामदारका लागि जापानले रोजगारीको अवसर खुला गरेको छ । जापानले मंगलबारदेखि लागू गरेको नयाँ नीतिअनुसार विभिन्न स्रोत मुलुकबाट कामदार जापान जान पाउनेछन् ।

जापानले तय गरेको नयाँ नीतिमा नेपाल उच्च प्राथमिकतामा परेको छ । जापान सरकारले नेपाली कामदारलाई नेपाली भाषामै परामर्श दिने नीति तय गरेको छ ।

यसपटक केही विशेष क्षेत्रमा जापानले कामदार लिनेछ जसमा नर्सिङ केयर, रेष्टुरेण्ट, निर्माणलगायतका क्षेत्र प्राथमिकतामा परेका छन् । कम्तीमा ३ लाख ४५ हजार १५० आप्रवासी कामदारलाई रोजगार भिसाअन्तर्गत आफ्नो देशमा भित्र्याउने जापानले लक्ष्य लिएको छ ।