जापानमा सम्राटले गद्दी त्याग गर्दै

title
मङ्लबार, बैशाख १७, २०७६

एजेन्सी । दुईसय वर्षपछि गद्धीत्याग गर्न लागेका जापानका सम्राट आकिहितोको गद्दीत्यागको विधि परम्परागत रूपमा आज सुरु भएको छ ।
टोकियोस्थित राजभवनमा गद्धीत्याग सुरु भएको हो । आकिहितोले सम्राटका रूपन अन्तिम भाषण गर्ने जनाइएको छ । पचासी वर्षीय आकिहितोले स्वास्थ्य र उमेरका कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए ।

आफ्नो खराब स्वास्थ्यका कारण गद्दी त्याग्न चाहेको सम्राट आकिहितोले तीन वर्ष अघि नै बताएका थिए । सन १८१७ यता जापानको राजगद्दी स्वेच्छाले त्याग्ने आकिहितो पहिलो सम्राट हुन् । सम्राट आकिहितोले गद्दीत्याग गरेपछि उनका छोरा नारुहितो जापानका १२६ औँ सम्राट हुनेछन । नारुहितो सम्राट भएपछि फुमिहितो युवराजका रूपमा राजगद्दीको उत्तराधिकारी हुनेछन ।