जाम हटाउन गाडी तान्ने मेसिन

title
सोमवार, अशोज १५, २०७५

काठमाडौं । कलंकी – नागढुंगा सडकखण्डमा दिनहुँ जाम हुन थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिग्रेको गाडी हटाउने दुई वटा र्‍याकर अर्थात गाडी तान्ने मेसिन सञ्चालनमा ल्याएको छ ।
गाडी बिग्रेर हुने ट्राफिक जाम हटाउन सडक विभागले काठमाडौंको नागढुंगा र धादिङको झ्याप्लेखोलामा दुई वटार्‍याकरको व्यवस्था गरेको हो ।
र्‍याकर सञ्चालनमा आएपछि गाडी बिग्रेर हुने कलंकी–नागढुङ्गा–धार्केसम्मको जाम तत्काल हट्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तले जानकारी दिनुभयो ।
दसैँमा गाडीको चाप बढ्ने भएकाले मालवाहक ट्रकलाई व्यवस्थित गरिने पनि उहाँले बताउनुभयो । दैनिक ५ देखि ७ हजार यात्रु आवातजावत भइरहेको कलंकी नागढुंगा सडकमा धेरै जाम हुन थालेपछि मालवाहक ट्रक सञ्चालनमा समय तोकिने प्रमुख पन्तको भनाई छ ।