जोशी अस्विकृत हुनुका ४ कारण दियो नेकपाले

title
शुक्रबार, साउन १८, २०७५

काठमाडाैँ । संसदीय सुनुवाइ विषेश समितिले दिपकराज जोशीलाइ प्रधानन्यायाधिश बनाउन अस्विकृत गरेको छ । जोशीलाई अस्वीकृत गर्नुका ४ कारण नेकपाका सांसद योगेश भट्टराईले बैठकपछि दिएका छन्।

१ प्रस्तावित व्यक्तिले नेपालको प्रधानन्याधीशमा नियुक्त भएमा के कसरी जिम्मेवारी निर्वाह गर्ने भनेर संसदीय सनुवाइको क्रममा सोधिएकोमा उहाँबाट ठोस कार्ययोजना र अवधारणा पेश गर्न नसकेको।

२. सुनुवाइको क्रममा आम नागरिकबाट उहाँको बारेमा सार्वजनिक रुपमा र समितिमा उजुरीका रुपमा पेश गरेका र समितिका माननीय सदस्यहरुबाट उहाँको आचरण, इमान्दारीता र कार्यक्षमताका सम्बन्धमा राखिएका कुनै पनि जिज्ञासा र प्रश्नको सन्तोषजनक रुपमा उहाँले जवाफ दिन नसकेको।

३. प्रस्ताविक व्यक्तिले अध्ययन गरेको संस्थाबाट प्राप्त गरेको शैक्षिक प्रमाणपत्रहरु सन्देहात्मक रहनुका साथै जन्म मिति समेत फरक–फरक रहेको विवादित रहेको र त्यस सम्बन्धमा उहाँबाट यथेष्ट प्रमाण र सन्तोषजक जवाफ प्राप्त हुन नसक्नु।

४. निजको सार्वजनिक आचरण र विगतको कारबाही सम्बन्धमा पूर्वन्यायधीश र न्यायधीशहरुबाट नै लिखित रुपमा टिप्पणी गरेको पाइएको र सर्वाेच्च अदालतमा रहेर कार्यसम्पादन गर्दा नेपालको न्यायप्रणालीलाई योगदान दिन सक्ने काम गरेको दृष्टान्त पेश गर्न नसकेको छ।

साथै निजबाट नेपालको न्यायलय, स्वतन्त्र, सक्षम प्रभावकारी र  विकृतिविहीन हुन सक्छ भन्ने विषयमा यस समितिका सदस्यहरु सन्तुष्ट हुन नसकेको।