जिप खोलामा खस्दा हराएका दुई जनाको शव जिपले च्यापिएको अवस्थामा भेटियाे

title
आइतवार, साउन २०, २०७५

किरण कौसल/पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका ६ ठिमुरे देउरालीमा निजी हाइलक्स जिप खोलामा खस्दा हराएका दुई जनाको शव फेला परेको छ ।

जिपमा सवार तानसेन नगरपालिका – १० तेल्घा गणशालका २ बर्षिया विवेक पौडेल र डोल्पा घर भई पौडेलको स–मिलमा काम गर्ने ३६ वर्षीय टंक चलाउने (डोल्पाली)लाई जिपले च्यापिएको अवस्थामा आईतवार भेटिएको प्रहरीले जनाएको छ ।

बा १ च ८९७० नम्बरको हाइलक्स जिप शनिबार बेलुकी ६ बजे दुर्घटना भएपनि बर्षाद र आप्ठारो खोचमा खसेकाले आज मात्रै उद्धार गरिएको हो । सदरमुकाम तानसेनबाट ठिमुरेमा विद्युत समान छोडी फर्किने क्रममा चिप्लो र कच्ची सडक भएकाले जिप खोल्सामा खसेको थियो ।

राती अवेर सम्म खोजी गरेपनि नभेटेपछि विहानै मात्रै नेपाल प्रहरी र नेपाली सेनाको टोलीले दुवै जनाको शव च्यापिएको अवस्थामा फेला पारेको हो ।