जिल्ला कमिटी घोषणा शीर्ष नेतृत्वको सहमतिमै भएको हो : माधवकुमार नेपाल

title
बुधबार, बैशाख ११, २०७६

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जिल्ला कमिटी घोषणा शीर्ष नेतृत्वबीचको सहमतिमै गरिएको बताउनु भएको छ ।

मदन भण्डारी स्मृति वाटिका स्थापना दिवसको अवसरमा आज काठमाडौंको तीनकुनेमा आयोजित कार्यक्रममा वरिष्ठ नेता नेपालले जिल्ला कमिटी नेतृत्व सबैलाई चित्त बुझ्ने गरी बनाइएको र त्यसमा आफू सन्तुष्ट रहेको धारणा राख्नुभयो ।
त्यस्तै नेपालले मदन भण्डारीको योगदानकै कारण मुलुकमा कम्युनिष्ट पार्टी स्थापित भएको स्मरण गराउनु भयो । कम्युनिष्टहरु अधिनायकवादी हुन् भनिएका बेला जनताको बहुदलीय जनवादको अवधारणा ल्याएर भण्डारीले त्यसको दीर्घकालीन प्रतिवाद गर्नुभएको उहाँले बताउनुभयो ।

मदन भण्डारी स्मृति वाटिका काठमाडौं बिकास प्राधिकरणको सहकार्यमा निर्माण गरिएको हो ।