जीपको ठक्करबाट बालकको मृत्यु, चालक फरार

title
शनिबार, फाल्गुन ४, २०७५

सम्राट सिंह
बझाङ – जीपको ठक्कर बाट दश बर्षिया बालकको मृत्यु भएको छ ।

सदरमुकाम चैनपुरबाट तल्कोट जाँदै गरेको से १ ज ६६४० नम्बरको जीपको ठक्करबाट तल्कोट २ का  किथ्थु कुवरका दश बर्षिय छोरा महेश कुँवरको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जीप चालक नरेश बोहरा फरार रहेको प्रहरीले जनाएको छ । चालकको लाईसेन्स समेत नभएको बुझएिको तल्कोट गाँउपालीका वडा नम्बर २ का वडा अध्यक्ष अक्कल बहादुर कुवरले बताउनु भयो ।

वडा अध्यक्ष कुवरका अनुसार आफुले जीप तोडफोड हुन बाट रोकेको बताए । घटना पछि चैनपुर ताक्लाकोट सडक खण्ड स्थानिय बासिन्दाले बन्द गरेका छन् । लास सडक बाट उठाएका छैनन् । घटना स्थलमा प्रहरी परिचालन गरिएको छ ।