जीर्ण भए काठमाडौंका आकाशे पुल, पैदलयात्रीलाई पुलमा पनि सास्ती

title
मङ्लबार, बैशाख ३१, २०७६

सोनी शाही

सडक र सवारी व्यवस्थापनका लागि सरकारले चलाएका अभियान पूर्वाधारको अभावले कार्यान्वयनमा समस्या हुने गरेको छ । केहि योजना प्रभावकारी भएपनि धेरै योजना पूर्वाधारकै कारण अलपत्र परेका छन् ।

सवारी साधन व्यवस्थापन र पैदलयात्रुको सहजताका लागि काडमाडौं उपत्यकाका तीनै जिल्लामा बनाइएका आकाशे पुलको अवस्था पनि त्यस्तै छ । त्यसोत, सडक व्यवस्थापनका लागि काठमाडौं महानगर, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको आपसी समन्वयमा विभिन्न ठाउँमा आकाशे पुल निर्माण भए ।

तर उचित चेतनाको अभावमा पैदलयात्रु आकाशे पुल मुनि नै यात्रा गर्दा दुर्घटनाको जोखिम बढ्ने गरेको छ । त्यसो त बनेका आकाशे पनि पनि मर्मतसम्भारको अभावमा जीर्ण बन्न थालेका छन् ।

काठमाडौंमा मात्रै ९ वटा आकाशे पुल भएपनि तिनीहरुको संरक्षणमा संम्बन्धित निकायले चासो दिएका छैनन् । पुलको माथिल्लो भागमा हुने फोहोरले सर्वसाधारणलाई हिड्न सकश हुने गरेको छ भने पुलका रेलिङ, सिढी भत्किएका छन् ।

जसका कारण पुलमा यात्रा गर्ने बालबालिका तथा वृद्धवृद्धा समस्यामा पर्ने गरेका छन् । आकाशे पुलका विषयमा सर्वसाधारणले गर्ने गुनासोबारे काठमाडौं महानगर पनि जानकार छ ।

महानगरले पुल मर्मतको काम इनोभेटिभ कन्सेप्ट नामक संस्थालाई दिएको छ । तर, पुलमर्मत भनेजस्तो भएको छैन भने, पुलमा राखिएका सीसी क्यामेरा काम गर्न नसक्ने अवस्थामा छन् ।

पुलमा राखिएका बत्ति पनि नबलेपछि बेलुका हिँड्ने सर्वसाधार बढी समस्यामा पर्ने गरेको गुनासो गर्छन । सर्वसाधारण यस्ता गुनासालाई सम्बोधन गर्ने भन्दै महानगरले चाँडै पृुलको गुणस्तर सुधार्ने र बत्ति तथा सीसी क्यामेरा राख्ने योजना बनाएको काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल दाबी गर्छन ।

एक त काठमाडौंमा यात्रुको चाप अनुसार आकाशे पुल छैनन् । अनि भएकाको पनि उचित मर्मत सम्भार भएको छैन । यही अवस्थामा महानगरले फेरि पुल बनाउने महत्वकांक्षी सपना बाँढिरहेको छ ।

यसले महानगरको चर्चा त बढ्ला तर, बनेका पुलको उचित संरक्षण नभएसम्म सर्वसाधारणले पाउने सास्ती भने कम हुने छैन । सर्वसाधारणको सहज पहुँच हुने गरी पुलको निर्माण र मर्मत सम्भारमा महानगरले ध्यान दिन आवश्यक छ ।