जीवन र सञ्चिता बाहिरिए, प्रियंकाको इन्ट्री

title
आइतवार, साउन २७, २०७५

काठमाडौं । नारी प्रधान चलचित्र ‘राधा’को सिक्वेल निर्माण हुने भएको छ । सिक्वेल चलचित्र राधा–२ मा पुराना कलाकार दोहोरिने सम्भावना न्यून भएको छ भने नायिका सञ्चिता लुइँटेलको ठाउँमा प्रियंका कार्कीले इन्ट्री गरेकी छिन् ।

योगेश घिमिरे निर्देशित यस चलचित्रको दोस्रो पार्टका लागि यतिबेला प्रि–प्रोडक्शनको काम भइरहेको छ । ‘राधा २’ नाम तय गरिएको फिल्ममा पुराना कलाकार अटेका छैनन् । यसको पहिलो भागमा अभिनेत्री संचिता लुइँटेल र अभिनेता जीवन लुइंटेलको प्रमुख भूमिका थियो ।

दोस्रो भागमा यी दुई अभिनेता–अभिनेत्री नहुने पक्कापक्की भएको छ । संचितालाई अभिनेत्री प्रियंका कार्कीले रिप्लेस गरेकी छन् । ‘राधा २’ मा दुई नायक हुने निर्देशक घिमिरेले बताए । उनका अनुसार, एक नयाँ र एक चल्तीका नायक फिल्मका लागि अनुबन्ध भइसकेका छन् । दुई अभिनेताको नाम भने खुलाइएको छैन । फिल्मको नाम सापटी लिएपनि कथा फरक हुने निर्देशक घिमिरेले बताए ।

भाद्र २५ गतेबाट फ्लोरमा जान लागेको फिल्ममा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत रहनेछ । प्रदिप भारद्धाजले फिल्मको कथा लेखेका हुन् । संजय न्यौपानेले निर्माण गर्ने ‘राधा २’ पनि नारी प्रधान चलचित्र नै हुने बताइएको छ । २ वर्ष अगाडि प्रदर्शनमा आएको चलचित्र राधाले नेपाली बजारमा राम्रै व्यापार गरेको थियो ।

निर्देशक योगेशका अनुसार ‘राधा २’ चलचित्र राधाको सिक्वेल नभएको स्पष्ट पारे । कथा विल्कुलै फरक छ । यसकारण जीवन र संचितालाई लिन सकेनौं । ‘भूल भुलैया’, ‘मेरो माया तिमीलाई’, ‘नोटबुक’ लगायतका फिल्म निर्देशन गरिसकेका घिमिरे यसअघिका चलचित्रभन्दा ‘राधा २’ निकै फरक हुने र दर्शकका लागि विशेष हुने जानकारी दिए ।