जुगेडी पुलबाट ट्रक खस्दा दुई जनाको मृत्यु, एकजना गम्भीर घाइते

title
शनिबार, साउन २६, २०७५

चितवनको नारायणगढ­मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ ।

शनिवार बिहान भारतबाट काठमाडौं जाँदै गरेको भारतीय नंवरको चाउचाउ र पापड बोकेको ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा अर्का एकजना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा परी ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एक पुरुषको मृत्यु भएको हो । चालकको उपचारका क्रममा भरतपुर शिक्षण अस्पतालमा र अर्का एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा भारत बलरामपुरकै करिव ४० वर्षका फिरोज आलम घाइते भएका छन् ।