जुम्लामा अनसनरत डा. केसीको समर्थनमा काठमाडौँमा र्‍याली

title
शनिबार, असार ३०, २०७५

काठमाडौँ । जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौमा बृहत प्रर्दशन गरिएको छ । काठमाडौको माईतिघरबाट सुरु भएको बृहत प्रर्दशन सहितको र्‍याली नयाँबानेश्वर पुगी कोणसभामा परिणत भएको थियो ।

डाक्टर केसीको जीवन रक्षाकालागि सरकारले ठोस कदम अगाडि नबढाएको भन्दै शनिबार र्‍याली र प्रदर्शन गरिएको हो । प्रदर्शनमा नागरिक अगुवा, चिकित्सक संघ लगायत विभिन्न पेशा व्यवसायमा आवद्ध ब्यक्ति सहभागी थिए ।

उनीहरुले चिकित्सा बिद्ययेक माफियामुखी भएको भन्दै उक्त बिद्ययेकको विरोधमा कडा नारा लगाएका थिए । प्रर्दशनमा नेपाल चिकित्सक संघका अध्यक्ष अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले विरामीको जाच गर्न छाडेर आन्दोलन गर्न राज्यले बाध्य पारेको बताउनुभयो ।

उहाले राज्यले ९० प्रतिशतको भन्दा १० प्रतिशतको माग बोकेर अघि बढेको आरोप लगउनुभयो । त्यस्तै विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले जनताको शिक्षा र स्वास्थ्यको अधिकार , वर्तमान सरकारले खोस्ने कार्य गरेको भन्दै सडकमा उत्रीन बाध्य भएको बताउनुभयो ।

डाक्टर केसी १५ औं अनसन बसेको पनि दूईसाता भइसक्दा पनि सरकारले समस्या समाधान तर्फ चासो नदिएको भन्दै सरकारलाई दवाव दिन सडकमा उत्रिनु परेको सहभागीले बताएका छन् ।