जेठ २ गतेसम्म भिसा लागेका कामदार मलेसिया जाने बाटो खुल्यो

title
आइतवार, साउन ६, २०७५

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ २ गतेसम्म भिषा स्ट्याम्पिङ् भई अन्तिम श्रम स्वीकृति बाँकी रहेका श्रमिकलाई मात्र अन्तिम श्रम स्वीकृति दिने निर्णय गरेको छ ।

अन्तिम श्रम स्विकृती नपाएका कारण मलेसिया जान नपाएका नेपाली कामदारका लागि लक्षित गर्दै यस्तो निर्णय गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जारी गरेको प्रेश विज्ञप्तीअनुसार मलेसिया जाने श्रमिकमाथि भइरहेको ठगी अन्त्य गरी सहज प्रक्रियाबाट रोजगारीमा जाने व्यवस्था मिलाउन कुटनीतिक माध्यमबाट छलफल भइरहेको छ।