जेबिका जम्न सकिनन्, साथ खोज्दै दर्शकको

title
आइतवार, पुस २२, २०७५

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत गत शुक्रबारबाट प्रदर्शनमा आएको ‘जय श्री दाम’ चलचित्रको ओपनिङ कमजोर भए पनि शनिबार चलचित्र हेर्ने दर्शकको संख्या केही बढेको दखियो ।

५ मिनेको दृश्य युटुबमा राखेर नयाँ प्रचारको तरिका भन्दै अगाडि बढेको चलचित्र युनिटले चलचित्रको प्रचार प्रसारमा पनि खासै ध्यान नदिएका कारण उसको ओपनिङ कमजोर देखिएको हो ।

त्यसो त अहिले नेपाली हलहरुमा अहिले हिन्दी र अंग्रेजी सिनेमाको मात्र बर्चस्व छ । अझ भन्नुपर्दा, पौष महिनामा नेपाली फिल्म रिलिज गर्न निर्माताहरु डराउने गरेको अवस्था जस्तै देखिएको छ । काठमाण्डौको क्यूएफएक्स अन्र्तगतको ६ हलमा जम्मा ३ शो पाएको यो सिनेमाको सुरुवाती व्यापार कमजोर छ । अमृत ढुंगाना, जेबिका कार्की, प्रमोद ढुंगाना, विनोद न्यौपाने लगायतका कलाकारले अभिनय गरेको सिनेमालाई विप्लव उप्रेतीले निर्देशन गरेका हुन् ।

कमेडी कथामा निर्माण भएको सिनेमाले जेबिका कार्कीलाई सिनेमा क्षेत्रमा अगाडि बढ्न मद्दत गर्ने आशा त गरिएको थियो । तर, सुरुवाती व्यापारले त्यो संकेत गरेको छैन । उनी दर्शकको साथ खोज्दैछिन् ।

पहिलो र दोस्रो दिन चलचित्र हेर्ने दर्शकको तुलना गर्ने हो भने दर्शकको संख्या बढ्दो देखिएका कारण अबका केही दिनमा चलचित्र हेर्ने दर्शक बढ्नेमा उनी विश्वस्त छिन् । त्यसो त चलचित्र हेरका दर्शकले जेबिकाको अभिनयलाई भने रुचाएका छन् । उनी पनि दर्शकको प्रतिक्रियाले आफ्नो गन्तव्य निर्धारण गर्ने बताउँदै आएकी छिन् ।