जोखिममा हस्पिटल

title
बिहिबार, माघ २४, २०७५

आश गुरूङ-मनाङको सदरमुकाम चामेमा रहेको जिल्ला अस्पताल जिर्ण बन्दै गएको छ । अस्पतालको जिर्ण भवन सँगै अस्पतालका उपकरणहरुमा पनि प्राविधिक समस्याका कारण जोखिम पनि बढेको छ ।

त्यसोत, विनाशकारी भुकम्पले क्षति पु¥याएको मनाङको जिल्ला अस्पताल अहिलेसम्म मर्मत हुन सकेको छैन । अस्पतालका भवनहरु भुकम्पले भत्काएर जिर्ण र जोखिम भएपछि १५ शैयाको अस्पतालमा ६ वटा मात्रै शैया सञ्चालनमा छन् ।

भत्किएका भवनहरुमा प्राविधिकहरुले निकै जोखिम भएको बताएपनि चिसोका कारण विकल्प नभएपछि जोखिम मोलेर नै सेवा दिईरहेको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालमा भवन जिर्ण हुँदा एउटैमात्र भवन प्रयोगमा ल्याइएको छ । तर त्यो पनि जोखिममुक्त भने नभएको प्राविधिकहरु बताउँछन् । अस्पतालमा विद्युत भोल्टेजका कारण बारम्बार समस्या हुने गरेको अस्पतालका कर्मचारीहरु बताउछन् ।

राष्ट्रिय विद्युत प्रशारण लाईन नपुगेको मनाङमा साना जलविद्युतको कारण ठूला उपकरणमा समस्या हुनुको साथै जोखिम पनि भएको प्राविधिक कर्मचारीहरुको भनाई छ । अस्पतालका एक्सरे, प्रयोगशाला लगायतमा भएका उपकरणहरु प्रयोग विहीन छन् ।

त्यसो त चामेमा रहेको जिल्ला अस्पतालमा खासै विरामीहरुको चाप त रहँदैन तर पनि स्वास्थ्य सेवाको लागि आवश्यकता अनुसारका जनशक्ती र उपकरण भएपनि अस्पताल आएका विरामीले पनि सेवा लिन पाएका छैनन् ।

मनाङमा जिल्ला अस्पताल भएर पनि उपकरणबाट गरिने रोग तथा समस्या निदान र उपचारका लागि जिल्लामै सेवा नपाउदा स्थानिय अन्यत्र जान बाध्य भएका छन् ।