जोरपाटी–साँखु सडक वर्षौदेखी अलपत्र

title
शनिबार, चैत्र ९, २०७५

शान्ता लम्साल । राजधानी भन्नासाथ आमरुपमा सुविधा सम्पन्न शहरको तस्विर मानसपटलमा आउंछ र यो स्वाभाविक पनि हो । अझ राष्ट्रप्रमुख, सरकार प्रमुख, सबै संवैधानीक निकाय, कुटनीतिक नियोग, सुरक्षा निकायको मुख्यालय रहने राजधानीका सडकहरु कस्ता होलान् भन्ने आम जिज्ञांसा रहन्छ । तर काठमाडौको जोरपाटी–साँखु सडक खण्डको दुरदशाले राजधानी भन्ने शव्दलाई नै गिज्याई रहेकोछ ।

त्यसोत, काठमाडौको चाबहिलदेखि जोरपाटी, बागमतीहुँदै साँखु सम्म जोडीने यो सडक, विस्तार तथा स्थरउन्नतीका लागि ठेक्का लागेको ४ बर्ष भएको छ । चार वटा प्याकेजमा ठेक्का लागेको यो सडकको चाबहिलबाट साढे ३ किमि क्षेत्रमा आधा पनि काम भएको छैन । काठमाडौं उपत्यका सडक विस्तार आयोजना भने स्थानीयको दुःख र हैरानी विपरित् अहिले पनि ठेकेदार कै भाषा बोली रहेको छ ।

अदालतको आदेश अनुसार मुआव्जा सम्वन्धी विवाद नमिल्दा साइट क्लियर नभएको र ठेकदारले काम गर्न नपाएको जिम्मेवार निकायको तर्क छ । आयोजनाका अनुसार स्थानीयले घर भत्काउन दिएका छैन । बाटो अलपत्र छाड्यो भन्नेहरु नै जग्गाको मुआब्जा र घरको क्षतिपूर्ति माग गर्दै संगठित विरोधमा उत्रिरहेका छन् । यो बीचमा नागरिक दबाब अभियानको नेतृत्वमा वर्षौ देखि जीर्ण सडक मर्मत गर्न र अलपत्र संरचना हटाउन पटक पटक स्थानीयले दवाव दिई रहेका छन् । बौद्ध–जोरपाटी–साँखु–सुन्दरीजल सडक राजमार्ग नभई कालमार्ग बनिरहेको स्थानीयको आक्रोश छ ।

सडक मर्मत तथा विस्तारका नाममा बर्षौंसम्म अलपत्र छाडीए पछि सर्वोच्च अदालत्ले मुआब्जा दिएर विस्तार गर्न आदेश दिई सकेको छ । तर अदालतको आदेश अनुसार प्रक्रिया पूरा गरी काम अघि बढाउन जिम्मेवार निकाय कै बीचमा समन्वय हुनसकेको छैन । सडक ठेक्का लिएको निर्माण कम्पनीले अदालत्को आदेश अनुसार सरकारले साईड क्लियर बनाए काम गर्ने वातावरण बनाए तत्काल सबै काम पुरा गर्ने जनाएको छ । ठेक्का सम्झौतामा ठेक्का लगेको तीन महिनाभित्र आधा र ६ महिनामा पूरै साइट क्लियर गरिदिनुपर्ने उल्लेख भएपनि ४ बर्ष पुग्न लाग्दा समेत साइट क्लियर भएको छैन ।

साढे तीन वर्षमा मुस्किलले ६० मात्रै काम भएको छ । स्थानीयहरु कुहिरीमण्डल धुलो, छरपस्ट ढलको दुर्गन्ध र हिलाम्मे बाटोमा ओहोरदोहोर गर्न बिवश छन् । सडक समयमै मर्मत नहुंदा आन्तरिक तथा वाह्य पर्यटकमा नकरात्मक छाप परिरहेको छ । बालबच्चालाई विद्यालय लैजान, बिरामी पर्दा आकस्मिक सवारी साधन बोलाउन र नियमित काममा समेत सडककै कारण समस्या परेको भन्दै स्थानीयले सडकमा हिंड्ने वातावरण बनाइदेऊ भन्दै राज्यसँग निरन्तर गुहार मागी रहेका छन् ।