झुण्ड रणनीतिले पुर्वाधार विकास असम्भव : अर्थमन्त्री

title
मङ्लबार, माघ २९, २०७५

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले एकिकृत योजना अनुसार सडक लगायत सम्पुर्ण पुर्वाधार विकासका योजना अघि बढाउनुपर्ने बताउनुभएको छ ।

व्यवस्थापन संघ नेपालले मङ्गलवार काठमाडौंमा गरेको राष्ट्रिय व्यवस्थापन सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले झुण्ड झुण्ड रणनीति बनाएर पुर्वाधार विकास गर्न नसकिने बताउनुभएको हो ।

उहाँले सम्पुर्ण सार्वजनिक यातायात सरल, सहज र सुरक्षित बनाउने हो भने एकीकृत ढंगको यातायात पुर्वाधारको विषयमा सोच्नुपर्ने बताउनुभयो । उहाँले सडक, रेल, पानी जहाज देखि सम्पुर्ण यातायातका साधन स्रोतका संरचनालाई लागत प्रभावी, वातावरणमैत्री, पूर्ण क्षमतामा उपभोग गर्न सकिने र मर्मतसंभार तथा संञ्चालनको खर्च व्यवस्थापनसंगै सरोकारित संस्थाको भूमिका लगायतका विषयलाई एकिकृत रुपमा योजना बनाई दीर्घकालिन सोंच अनुसार कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीहरुले एकिकृत योजना विना सडक लगायतका पुर्वाधार निर्माणका काम नगर्न सुझाव दिएका थिए ।