झुप्रा खोलाको बाढीले दुई पुलसहित ४ घर बगे

title
बुधबार, साउन ३०, २०७५

बद्री पन्त/जाजरकोट
जाजरकोटको नलगाड नगरपालिका– २, ३ र ४ स्थित झुप्रा खोलामा आएको बाढीले ४ घर सहित सयौं रापेनी खेत बगाएको छ । सोही नगरपालिका ३, करुवाको जंगलबाट आएको पहिरोले खोलामा बाढी आई करोडौको संरचनामा क्षेती पुगेको हो ।

बाढीले स्थानीयका ४ घर, ५ वटा घुम्ती पसल, ४ मिल, ६० घट्ट, २ वटा ट्रस व्रिज सहित सायौं रोपनी खेत बगाएको हो  ।मंगलबार राति आएको बाढीले नलगाड ३, घुवाराका जनकबहादुर चन्द, धनबहादुर रावल, वडा नं ५ का खीमलाल जैसी र वडा नं २ का कौशी विष्टको घर बगाएको छ । बाढीले रावलको १ भैसी र १ गोरु पनि बगाएको छ ।

त्यस्तै बाढीले नलगाड ३ र ४ जोड्ने घुवारामा रहेको ट्रस व्रिज, वडा नं २ र ५ जोड्ने कालीमाटी स्थित ट्रस व्रिज पनि बगाएको नगरप्रमुख टेकबहादुर रावलले बताए । झुप्रा खोलाको बाढीले स्थानीय रामबहादुर विकको सहित ४ वटा मिल बगाएको रावलले बताए ।

उक्त खोलामा आएको बाढीले नलगाड ३ को साङट् खेत, २ र ४ को कैनाखेत, सिस्नेरी खेत, बागमारे खेत, सादनमुरा खेत, रानीखेत लगाएत सयौं रोपनी खेत बगाएको उनले बताए । बाढीले नलगाडमा करोडौंको क्षेती पुर्याएको नगरप्रमुख रावलले बताए ।

खोलाले पुल बगाएपछि बारेकोट, कालीमाठीबजार, दल्ली लगाएत स्थान तर्फको आवतजावत पुर्णरुपमा बन्द भएको स्थानीय हासीलाल पन्तले बताए । बाढीले अन्य जग्गा जमिन लगाएत क्षेती गर्ने क्रम बढेको र उक्त बाढीका कारण छेप्का र कालीमाठीबजार जोखिममा परेको उनको भनाई छ ।

नलगाड ३ करुवा स्थित जंगलमा कैना नेटीलेक सडकमा डोजरले अन्दाधुन्द खनी बन विनास गर्दा बाढीपहिरो आएको पन्तले बताए । बाढीका कारण यस क्षेत्रका १ सय बढी घरपरिवार विस्थापित भएको उनले बताए ।