टिका लगाउँदै हुनुहुन्छ यस्तो छ साइत

title
बिहिबार, कार्तिक १, २०७५

काठमाडौं । यस वर्षको विजयादशमीको टीकामा साइत खोज्नेका लागि विहान ९ बजेर ५१ मिनेट उत्तम रहेको छ ।  दसैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने प्रचलन रहेको छ ।

यद्यपी, दुर्गा भवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । विजया दशमीका दिन विहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत रहेको पनि समितिले जनाएको छ ।

देवी विसर्जन गरिसकेपछि विहान ९ बजेर ५१ मिनेट टीकाका लागि उत्तम साइत रहेको समितिले जनाएको छ ।